Fast Track Construction: Fast Progress

Fast Track Construction: Fast Progress

Jan. 27, 2021, 5:21 p.m.

Following the approval of DPR and the appointment of a Consultant, the construction work of Fast Track has made drastic progress.

Despite the disruption posed by the COVID-19 Pandemic, the construction of a fast track is now taking place. According to a press release issued by Nepal Army

Constructed by Nepal Army, the total cost of the 72.5-kilometer road project is estimated to be Rs. 175 billion according to a recently approved DPR. Nepal Army is expected to complete the project by 2080/81 (2024/025) fiscal year, the project has made 42.85 percent physical and 42.80 percent fiscal progress. In total, the physical progress of the project now stands at 11.11 percent and 9.52 percent in fiscal.

According to financial progress, the project has already spent Rs.17.83 billion till January 13, 2021. In the land accusation, the project has already made big progress in distributing compensation to over 84 percent of the population. Due to dispute with local land accusations in Khokana area is not stalled.

Picture4.jpg

काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडक (Express Way) आयोजनाको प्रगति विवरण

(मिति २०७७।१०।१४ गते)

परिचय

१. नेपाली सेनाको व्यवस्थापनमा एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यस आयोजनाले विभिन्न व्यवधानहरुको सामना गर्दै अगाडी बढेको छ जसबाट निर्धारित समयसीमा भित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ । ७२.५ कि.मी. लामो यो आयोजना बागमती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ । लामो समयसम्म DPR उपलब्ध नहुनु र उपलब्ध भइसके पछी पनि स्वीकृती हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाई तथा कोभिड-१९ का कारण आशातित् गतिमा अघि बढ्न नसकेको यो आयोजनाले अब अन्तराष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटील पाटोको रुपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनिहरुको Shortlisting तथा मुल्याङ्कन कार्य सम्पन्न भइ निर्माण कार्यले गति लिएको छ ।

पृष्ठभूमि

२. नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७४ बैशाख २१ गतेको निर्णय अनुसार यो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएकोमा नेपाल सरकारको मिति 2076 भदौ 1 गतेको निर्णयबाट परियोजना DPR स्वीकृत भएको हो । DPR अनुसार अनुमानित लागत रु.175 अर्ब रहेको यस द्रुतमार्ग आयोजनाको निर्माण कार्य आ.ब.080/८१ मा सम्पन्न गर्ने लक्ष्य राखी तदारुकताकासाथ निर्माण कार्य भइरहेको छ ।

हालसम्मको समष्टिगत कार्य प्रगति

३. यस आयोजनाको समष्टिगत कार्य विवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ । गत आ.ब. को वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ 9.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च 1७ अर्व ८३ करोड (२०७७ पौष मसान्तसम्म) रहेको छ ।

संरचनागत कार्य प्रगति

  1. काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र ढुङ्गा माटोको Cut/Fill गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ कि.मी.रहेको छ । जस अन्तरगत आयोजनाको 44.1 कि.मी. सडक खण्डको Sub-grade Level सम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने (Cutting and filling) कार्यहरु हालसम्म ८८% सम्पन्न भएको छ । २०७७/७८ को आयोजनाको कुल कार्य अंशको थप ५.१०% काम सम्पन्न गराई आयोजनाको कुल कार्यको १६.२१% प्रगति हासिल गर्ने लक्ष राखिएको छ ।

अन्तर्राष्ट्रिय परामर्शदाता छनौट

५. काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग (Expressway) सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता M/S Yooshin Engineering Corporation, Korea (Yooshin JV) को Team Leader नेपाल आई Local Associates का विषय विज्ञहरु समेतको टोलीद्वारा आयोजनाको फिल्ड सर्भे लगायतका कार्यहरु सुचारु गरिएको ।हाल उक्त जे.भि.अन्तर्गत Korea बाट Team Leader, Project coordinator, Tunnel Engineer, Highway Engineer, Bridge Engineer, Material Engineer, Road & Safety Expert, Senior Geologist र Geotechnical Engineer आई कार्य प्रारम्भ गरेको छ ।

सुरुङ्ग खण्ड निर्माण

  1. सुरुङ्ग निर्माण सम्बन्धी Geotechnical तथा Geophysical Investigation कार्यको लागि राष्ट्रिय परामर्शदाता छनौट भई कार्य सुचारु गरिएकोमा Geophysical कार्य सम्पन्न भई Final Report प्राप्त भएको । Geotechnical Investigation अन्तर्गत महादेवटार (९), धेद्रे (५) र लेनडांडा (४) गरी कुल १८ गोटा Bore Holes Drilling गर्ने कार्य सम्पन्न हुनुका साथै, Log Sample हरुको Test Results आउने क्रममा रहेको छ भने अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार थप Drilling तथा Test गर्ने कार्य भईरहेको छ । सुरुङ्ग मार्ग निर्माण कार्यको लागि अन्तर्राष्ट्रिय परामर्शदाता Yooshin JV द्वारा सुरुङ्ग मार्ग प्याकेजको निर्माण कार्यको लागि आवश्यक Bid Document (EPC) तयार गरी बोलपत्र आव्हान गर्ने कार्य अन्तिम चरणमा रहेको ।

ठेक्का बन्दोबस्तीको स्थिति

  1. सुरुङ्ग मार्ग निर्माणको लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न पूर्व योग्यता निर्धारणको सूचना (मिति 2076/11/30 गते) प्रकाशित भए अनुरुप मिति 2077/05/30 गते Pre-Bid Meeting भई मिति 2077/06/14 गते Bid Submission भएकोमा मिति 2077/09/09 गते मूल्याङ्कन कार्य सम्पन्न गरी मिति 2077/09/10 गते Short Listed कम्पनीहरुको सूचि प्रकाशन गरिएको छ ।

८. ढुङ्गा माटो तथा संरचना निर्माण कार्य अन्तर्गत आ.ब. ०७४/७५ मा 20 वटा र आ.ब.०७५/७६ मा १० वटा प्याकेज गरी 30 वटा प्याकेजमा राष्ट्रिय निर्माण व्यवसायीद्वारा निर्माण कार्य संचालन गरिएको थियो जस अन्तर्गत कुल 30 वटा प्याकेजहरुको ठेक्का प्याकेजमध्ये 15 वटा प्याकेजहरुको कार्य सम्पन्न भएको छ भने ४ X प्याकेजहरुको न्यून प्रगति तथा साइट अवस्थाको कारण Termination को लागि नियमानुसारको कारवाही अगाडी बढाईएको छ । जस अनुरुप विश्व महामारी कोभिड-19 को सन्दर्भमा नेपाल सरकारको मिति २०७७/०३/२९ गतेको निर्णय अनुसार ११ वटा प्याकेजहरुको ६ महिना ठेक्का समयावधी थप गरी निर्माण कार्य सुचारु राखिएको छ ।

पुल निर्माण कार्य

९. पुल निर्माण सम्बन्धी 6 वटा NCB (National Competitive Bidding) प्याकेज अन्तर्गत Geotechnical Investigation कार्यको लागि आवश्यक राष्ट्रिय परामर्शदाता छनौट गर्न EOI (Expression of Interest) मूल्याङ्कन कार्य सम्पन्न गरी सुचिकृत हुन सफल भएका (Short Listed) परामर्शदाताहरुबाट RFP (Request For Proposal) माग गरिएकोमा मिति 2077/5/25 गते खोलुवा पश्चात मूल्याङ्कनको कार्य सम्पन्न भई मिति 2077/08/07 गते ठेक्का सम्झौता भएको र हाल Field Mobilization पश्चात Bore Hole Drilling कार्य शुरु गरिएको छ ।

बेलिबृज निर्माण कार्य

१०. महादेवटार, लेनडांडा र धेद्रे सुरुङ्ग निर्माण तथा विभिन्न पुल निर्माण कार्यको लागि आवश्यक हुने पहुंच मार्ग (Access Road) तथा बेलीबृज Abutment निर्माण सम्बन्धी देहाय अनुसार कार्य सम्पन्न भएको छ ।

(क) धेद्रेमा Abutment तयार गरी Bailey Bridge लञ्च गरिएको ।

(ख़) सिस्नेरीमा Bailey Bridge को लागि Abutment निर्माण कार्य सम्पन्न भएको ।

(ग) राजदमारमा Bailey Bridge को लागि Abutment निर्माण कार्य सम्पन्न भएको ।

(घ) खोकनामा निर्माणाधीन Bailey Bridge Abutment निर्माण कार्य स्थानीय विवादले रोकिएको ।

ल्याब सेटअप

1१. मख्खुवेशी, महादेवटार, लेनडांडा, राजदमार र निजगढ गरी ५ स्थानमा ल्याब भवन निर्माण भई आधारभुत Basic Lab Equipment जडान गरी आयोजनाको निर्माणको आधारभुत गुणस्तर परीक्षणको व्यवस्था मिलाइएको छ भने अन्तराष्ट्रिय परामर्शदाताको परामर्श अनुसार Advance Lab Equipment हरु समेत थप गर्ने व्यवस्था मिलाईएको छ ।

जग्गा अधिग्रहण तथा मुआब्जा वितरण सम्बन्धी कार्य प्रगति (आ.व.2076/77)

1२. यस आयोजना अन्तर्गत अधिग्रहण गर्नको लागि प्रकाशित सूचना मध्ये हालसम्म 84 प्रतिशत जग्गाको मुआब्जा बितरण भइसकेको छ भने 16 प्रतिशत जग्गाको मुआब्जा सम्बन्धितहरुले लैजान बांकी रहेको छ । जस अनुसार मिति 2075/09/12 गते मकवानपुर जिल्लाको सूचनामा प्रकाशित ऐलानी जग्गा 441-9-1-0 रोपनी मध्ये 104-5-1-1 रोपनी जग्गा Right Of Way (सडकको मध्य भागबाट दाँया-बाँयाको फैलावट) परिवर्तन भएको कारण आयोजनालाई आवश्यक नपर्ने र बांकी 337-3-3-3 रोपनी जग्गाको सम्वन्धित जग्गाधनीहरुलाई मुआब्जा रकम बितरण गर्ने कार्य सम्पन्न भएको । खोकना ईलाकाको द्रुतमार्ग रेखाङकनमा पर्ने जग्गा स्थानीय विवादको कारण प्राप्तिमा बाधा परेको र सो सम्वन्धमा समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल भइरहेको । हालसम्म 445 रोपनी जग्गाको मुआब्जा वितरण गर्न बांकी रहेको छ ।

रुख कटान तथा व्यवस्थापन सम्बन्धमा

1३. बागदेवको मौरीभिर ईलाकामा २67 वटा रुख कटान गरी उक्त ईलाकाको रुख कटान कार्य सम्पन्न गरिएको । धेद्रे सुरुङ्ग मार्गको Exit Portal को लागि श्री गौरीशंकर वन उपभोक्ता समितिसंग समन्वय गरी रुख कटान कार्य शुरु गरिएकोमा हालसम्म कटान गर्नुपर्ने रुख 490 वटा मध्ये 200 वटा रुख काटिएको । रुख कटान भए अनुसार 1:25 को अनुपातमा बृक्षारोपण कार्य गर्दै जाने योजना मुताविक चालु आ.व.को पौष महिनासम्ममा फलफूलका विरुवाहरु 19022 र अन्य प्रजातीका विरुवाहरु 157494 गरी कुल जम्मा 176516 वृक्षारोपण गरिएको छ ।

अन्य कार्यहरु

1४. आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार भई नेपाली सेनामा हस्तान्तरण हुनु पूर्व स्वीकृत भइसकेको । हाल आयोजनामा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप आवश्यक थप Environment Management Program (EMP) सम्वन्धी कार्य भईरहेको ।

आ.व.2077/78 को बार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजना

1५. यस आयोजनाको लागि चालु आ.ब.०७७/०७८ को पुंजीगत तर्फ ८ अर्ब ८४ करोड र चालु तर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्व ९३ करोड ८८ लाख बजेट बिनियोजन भएको छ ।

आ.व.2077/078 को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना

1६. आर्थिक बर्ष 2077/078 को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुसार काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग निर्माण आगामी तीन वर्षमा सम्पन्न गरिनेछ । आगामी आर्थिक बर्षमा यस सडकमा पर्ने जटिल प्रकृतिका पुल तथा सुरुङ्ग निर्माण कार्य प्रारम्भ गरिनेछ ।

(क) सुरुङ्गमार्ग निर्माण कार्य प्रारम्भ गरिने छ ।

(ख) सडक निर्माणको लागि ढुङ्गा माटो कटिङ्ग तथा फिलिङ्गको कार्य (4 कि.मि.) सम्पन्न गरिने छ । नेपाली सेनाको संलग्नतामा (NA Package) एवं राष्ट्रिय निर्माण व्यवसायी (NCB Packages) अन्तर्गत 11 वटा प्याकेजहरुबाट निर्माण कार्य सञ्चालन गरिएको छ ।

(ग) मुआब्जा वितरण गर्न बांकी 445 रोपनी जग्गाको मुआब्जा बितरण गरिने छ ।

(घ) २९० वटा रुख कटान गरिने तथा वृक्षारोपण कार्य सुचारु राखिने छ ।

आयोजना निर्माणको समष्टिगत कार्य योजना (Holistic Plan)

1७. समष्टिगत कार्य योजना अनुसार आयोजनाको कार्य क्षेत्रलाई ११ वटा विभिन्न क्लस्टरमा विभाजन गरी आ.ब.२०८०/81 सम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । EPC, design and build र Unit rate contract मा आधारित भई ठेक्का बन्दोबस्त गर्ने योजना रहेको छ । जस अनुसार सुरुङ्ग मार्ग पुल तथा Express way निर्माण एवं slope stabilization को कार्य एकै समयमा सम्पादन गर्ने गरी कार्य योजना तयार गरिएको छ । Holistic plan अनुसार निर्माण कार्यको समष्टिगत क्षेत्रगत package लाई ११ वटा क्लस्टरहरुमा विभाजन गरिएको छ ।

COVID-19 को प्रभाव सम्बन्धमा

१८. हाल विश्वव्यापी महामारीको रुपमा रहेको COVID -19 को प्रभावको कारण आयोजना निर्माण कार्यमा चुनौती थपिएको छ । गत आ.ब.को लक्ष्य अनुरुपको कार्य प्रगति समेत प्रभावित भएको छ ।

संक्षेप

१९. नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको यस काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी COVID-19 महामारी लगायत विभिन्न चुनौतीको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको छ । नेपाल सरकारद्वारा निर्दिष्ट भए अनुरुप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यस द्रुतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहि आएको छ ।

Picture1 (2).jpg

Picture3 (2).jpg

Picture8.jpg

Picture2.jpg

Picture6.jpg

Picture5.jpg

Photo Courtesy: Nepal Army Information and Public Relations Directorate

More on National

The Latest

Latest Magazine

VOL. 17, No. 17, April.12,2024 (Chaitra,30. 2080) Publisher and Editor: Keshab Prasad Poudel Online Register Number: DOI 584/074-75

VOL. 17, No. 16, March.29,2024 (Chaitra,16. 2080) Publisher and Editor: Keshab Prasad Poudel Online Register Number: DOI 584/074-75

VOL. 17, No. 15, March.10,2024 (Falgun,27. 2080) Publisher and Editor: Keshab Prasad Poudel Online Register Number: DOI 584/074-75

VOL. 17, No. 14, February.23,2024 (Falgun,11. 2080) Publisher and Editor: Keshab Prasad Poudel Online Register Number: DOI 584/074-75